| सोमवार, अशोज ११, २०८३

प्रभात माविका तीनसय विद्यार्थीला्ई शैक्षिक सामाग्री सहयोग

पर्यटन व्यवसायी प्रकाश लामिछानेले गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ४ धावा स्थित प्रभात माविका ३ सय विद्यार्थी लाई झोला, कापी, कलम लगायतका स्टेशनरी सामाग्री वितरण गरेका छन । स्टेशनरी संगै उनले भलिवल, फुटबल र नेट लगायतका खेलकुद सामाग्री समेत विद्यालय लाई दिएको हो ।
हिमालय हब एभेन्चर प्रालिका सञ्चालक समेत रहेका लामिछानेले सोही ठाउँका २१ जना विपन्न लाई ३ हजारका दरले नगद समेत सहयोग प्रदान गरेको विद्यालयले जनाएको छ । लामिछानेले यसअघि पनि भिमसेन थापा गाउँपालिका वडा नं ३ स्थित बुढीगण्डकी वृद्धाश्रम लाई खाद्यान्नका साथै संस्कृत मावि र सरस्वति प्रावि लाई शैक्षिक सामाग्री सहयोग गरेका थिए । लामिछाने भिमसेन गाउँपालिका वडा नं ३ का बासिन्दा हुन ।

प्रतिक्रिया दिनुहोस्