| बुधबार, बैशाख १, २०८३

गोरखा क्याम्पसमा परियार र अम्गाईँ नेतृत्वको प्यानल चुनावी मैदानमा

आउँदो चैत ५ गते हुन लागेको त्रिभुवन विश्वविद्यालयको स्ववियू चुनाव अन्तर्गत गोरखा क्याम्पसमा रचन परियार(नेविसंघ) र सुलभ अम्गाई(अखिल क्रान्तिकारी) नेतृत्वको टिम चुनावी मैदानमा उत्रिएका छन् ।

निर्वाचन समितिद्वारा जारी सूचनाअनुसार सभापतिमा सत्ता पक्ष (नेविसंघ र अनेरास्ववियु) प्यानलबाट परियार र समाजवादी मोर्चाको प्यानलबाट अम्गाई उम्मेद्वार बनेका हुन् ।

सत्ता पक्षको प्यानलबाट सचिवमा अनेरास्ववियुका राजाराम बोहोरा र कोषाध्यक्षमा नेविसंघकी सबिना गुरुङले उम्मेद्वारी दर्ता गराएका छन् । सदस्यहरुमा अनेरास्ववियुको तर्फबाट कोपिला बोहोरा, मनिषा नेपाली, सुमन नेपाली र नेविसंघको तर्फबाट अञ्जना नेपाली र पुष्पा गुरुङको उम्मेदवारी दिएका छन् ।

त्यस्तै समाजवादी मोर्चाका तर्फबाट सभापतिमा अम्गाई, सचिवमा रुपेश विश्वकर्मा र कोषाध्यक्षमा आयुषा अर्यालले उम्मेद्वारी दर्ता गराएका छन् । उनीहरु तीनै जना अखिल क्रान्तिकारीका हुन् । सदस्यहरुमा पनि अखिल क्रान्तिकारीको तर्फबाट मात्र उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा रहेको निर्वाचन समितिले जनाएको छ ।

उम्मेद्वारमाथिको दाबी बिरोध बुधबार दुई बजेसम्म गर्न सकिने निर्वाचन समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्