
शिक्षा विकास तथा समन्वय इकाइ गोरखाको नियमित काम चार दिन बन्द
शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय गोरखाको नियमित काम चार दिन बन्द रहने भएको छ । शिक्षा सेवा आयोगले सो कार्यालयमा स्थायी शिक्षक छनौटका लागि अन्तर्वार्ता कार्यक्रम गर्ने भएकाले चार दिन कार्यालयको नियमित काम बन्द रहने भएको हो । यहीँ माघ २८ गतेदेखि फागुन १ गते सम्म कार्यालयको कामकाज बन्द रहने जनाएको छ ।
इकाइ कार्यालयले गत शुक्रबार सार्वजनिक सूचना जारी गरी चार दिन नियमित कामकाज बन्द रहने जनाएको हो । इकाइ प्रमुख रमेशप्रसाद ज्ञावलीद्वारा जारी सूचनामा नियमित काम स्थगत रहँदा सेवाग्राहीमा पर्नजाने असुविधाप्रति क्षमा याचना गरिएको छ ।




