| आइतवार, अशोज १०, २०८३

अंग्रेजी भाषा शिक्षकहरुलाई दुई दिने तालिम सम्पन्न

नेपाल अंग्रेजी भाषा शिक्षक समाज(नेल्टा) गोरखाले जिल्लाका अंग्रेजी भाषा शिक्षण गर्ने शिक्षकहरुलाई दुई दिने तालिम दिएको छ । नेल्टाले शुक्रबार र शनिबार महालक्ष्मी मावि लक्ष्मीबजारमा तालिम सञ्चालन गरेको हो ।

तालिममा सामुदायिक र संस्थागत विद्यालयका आधारभूत तहका शिक्षकहरु सहभागी भएको नेल्टा गोरखाका अनिल अम्गाईले जानकारी दिए । गोरखा जिल्ला स्वास्थ्य तथा शिक्षा विकास योजना(गडहेड्स)को सहयोगमा दुई दिने तालिम सम्पन्न भएको अम्गाईले बताए ।

प्रतिक्रिया दिनुहोस्