| आइतवार, अशोज १०, २०८३

मणिकामदेवी माविका विद्यार्थीलाई ज्याकेट वितरण

वुद्ध हिमाल एशोसिएशनले धार्चे ४ लाप्राकका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको छ । मंगलबार विद्यालयमा एक समारोह आयोजना गरी एशोसिएशनले १७७ जना विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको हो ।

शिशु कक्षादेखि पाँच कक्षासम्मका सबैजनालाई ज्याकेट वितरण गरिएको प्रधानाध्यापक धनबहादुर गुरुङले जानकारी दिए । एशोसिएशनकी सरिता गुरुङले विद्यार्थीहरुलाई न्यानो ज्याकेट वितरण गरेकी उनले बताए ।

प्रतिक्रिया दिनुहोस्