| आइतवार, अशोज १०, २०८३

विद्यार्थीहरुलाई ट्रयाकसुट तथा जुत्ता मोजा वितरण

बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी स्थित हिमालय माविका विद्यार्थीहरुलाई ट्रयाकसुट तथा जुत्ता मोजा वितरण गरिएको छ । शुक्रबार लायन्स क्लव अफ काठमाडौँ ड्रिमसिटि, लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ ले विद्यालयका विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरेको हो ।

क्लवले विद्यालयको बाल बिकासदेखि कक्षा १२ सम्म अध्ययनरत्त ३१५ जना विद्यार्थीहरुलाई ट्रयाकसुट तथा जुत्ता मोजा वितरण गरेको विद्यालयका प्रधानाध्यायापक ठाकुर प्रसाद पनेरुले बताए । क्लवका डिस्ट्रिक क्याविनेट सेक्रेटरी महाप्रसाद पाण्डे, डिस्ट्रिक चिफ एडभाइजर विष्णुहरी फुयाँल, डिस्ट्रिक एसिस्टेन्ट चिफ एडभाइजर यज्ञराज पौडेल, जोन चेयर पर्शन गोपाल प्रसाद सापकोटा र क्लवका अध्यक्ष राजिन पनेरुले संयुक्त रुपमा उक्त सामाग्री वितरण गरेको उनले जानकारी दिए ।

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विरबहादुर गुरुङको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्टको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरी उक्त सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा क्लवका अन्य सदस्यहरु, विद्यार्थी, शिक्षक एवं अभिभावकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्