| आइतवार, अशोज १०, २०८३

सिद्धगणेश आधारभूत बिद्यालयलाई सोलार

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्लिङस्थित सिद्धगणेश आधारभूत बिद्यालयलाई सोलार बत्ती वितरण गरिएको छ । तेन्जिङ एण्ड डोल्मा हेल्प नेपाल, फ्रान्स र चुम कम्यूनिटी स्कुल प्रोजेक्टको साँझेदारीमा सोलार बत्ती वितरण गरिएको हो ।

पहिरोका कारण बिद्यालयमा बिद्युत अवरुद्ध भएकाले सोलार बत्ति वितरण गरिएको चुम कम्युनिटी स्कुल प्रोजेक्टका दावा ग्याल्जेनले बताए ।

यस्तै, प्रेसर कुकर, विद्यालय छात्रबासका लागी २ वटा दराज, ५ थान टेवल र खेलकुद तथा सरसफाईका सामाग्रीहरु पनि वितरण गरिएको उनले जानकारी दिए । संस्थाले वर्षेनी विद्यालयलाई सहयोग गर्ने गरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्