
प्रभात किरण माविका विद्यार्थीलाई पोशाक वितरण
धार्चे गाउँपालिका–७ स्थित प्रभात किरण माविमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । बौद्ध हिमाल बिकास संघले मंगलबार एक कार्यक्रममो आयोजना गरी त्यहाँ अध्ययनरत सबै(१४१ जना) विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको हो ।
विद्यालय पोशाकसँगै जाडो याममा विद्यार्थीलाई पठनपाठनमा समस्या नहोस् भनेर ज्याकेटसमेत वितरण गरिएको प्रधानध्यापक जीबबहादुर गुरुङले बताए । वडाध्यक्ष राकेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका अध्यक्ष रामकुमार गुरुङ, उनकी पत्नी सरिता गुरुङ, शिक्षक–अभिभावक संघका अध्यक्ष पंदुरु गुरुङलगायतको उपस्थित रहेको थियो ।




