| बिहिबार, कार्तिक २६, २०८३

विज्ञान शिक्षक समाज गोरखाको जिल्ला अधिवेशन सम्पन्न

विज्ञान शिक्षक समाज नेपाल(स्टान) गोरखाको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले भीमनारायण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुजन श्रेष्ठ, सचिवमा अनुप श्रेष्ठ, सहसचिवमा मनोज लामिछाने र कोषाध्यक्षमा रीता देवकोटालाई चयन गरेको छ ।

सदस्यहरुमा सरोज घिमिरे, भावना पोखरेल, हुमप्रसाद लामिछाने, अमृत श्रेष्ठ, सन्तोष धिताललाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमै दिपक गुरुङ, बाबुराम श्रेष्ठ, उत्तम कुमार बराम, सजिना ढकाल, सुस्मिता बस्नेत र नेहा सुनारलाई चयन गरेको छ ।
प्रथम अधिवेशनले गोरखाका ११ वटै पालिकास्तरीय समितिका एकेक जनालाई पदेन सदस्य चयन गरेको छ ।

गोरखा नगरपालिकाबाट वेद शर्मा भट्ट, पालुङटार नगरपालिकाबाट सोमप्रसाद मुडबरी, सिरानचोक गाउँपालिकाबाट प्रकाश पोखरेल, सहिद लखन गाउँपालिकाबाट तारा लामिछाने, गण्डकी गाउँपालिकाबाट ठाकुर गुरुङ, भीमसेनथापा गाउँपालिकाबाट तारा सुवेदी चयन भएका छन् ।

अजीरकोट गाउँपालिकाबाट टोकनाथ अधिकारी, आरुघाट गाउँपालिकाबाट कुमार ढकाल, बारपाक सुलिकोट गाउँपालिकाबाट पुष्पराज देवकोटा चयन भएका छन् । अधिवेशनले कमलबहादुर बुढाथोकीलाई प्रदेश प्रतिनिधि र अनन्त न्यौपानेलाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ भने मेघनाथ लामिछानेलाई सल्लाहकार संयोजकमा चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमेशप्रसाद मैनाली प्रमुख, विशेष अतिथिहरु सिड्सका पूर्व अध्यक्ष, पूर्व प्रधानाध्यापक लालप्रसाद श्रेष्ठ र मिनबहादुर नेपालीले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
यसअघि धार्चे र चुमनुब्रीबाहेक सबै पालिकास्तरको अधिवेशन सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्