| सोमवार, अशोज ११, २०८३

अर्बको विद्यालय सर्वोत्कृष्ट बनोस्

बि.सं. २०६८/०६९ तिर जतिबेला नेपालका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई थिए, चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आए । उनले नेपालका चिनियाँ सीमावर्ती क्षेत्रमा रहेका १० जिल्लाहरुमा एकेक अर्ब लागतमा १० वटा विद्यालय बनाउने प्रतिवद्धता जनाए ।

सो योजनामा गोरखा पनि प¥यो । छनौट गर्दा गोरखाको ताक्लुङस्थित सिँजाली माविले सो अवसर पायो । तर लामो समय पर्खदा पनि सो भवन बन्ने छाँटकाँट आएन । ११ बर्षपछि बल्लतल्ल सो विद्यालय बन्ने पालो आएको छ ।
चिनियाँ सरकारले अहिले सिँजाली माविको भवन निर्माणको काम सुरु गरेको छ । अहिले त्यहाँ ठाउँ खालि गर्ने काम गरिरहेको छ ।

चिनियाँ सरकारले गरेको काम नेपालीले गरेको भन्दा छिटो र गुणस्तरीय हुन्छ भन्ने विश्वास छ । काठमाडौँ पोखरा राजमार्ग निर्माणको उदाहरण हेर्दा काठमाडौँदेखि मुग्लिनसम्मको कामको प्रगति ज्यादै नाजुक छ । तर आँबुखैरेनीदेखि पोखरासम्मको सडक निर्माणको उत्साहजनक छ । त्यहाँको कामको गति पनि तीब्र छ, निर्माण गर्ने तौरतरिका पनि निकै उत्साहवद्र्धक छ ।

अब सिँजाली माविको भवन निर्माणको काम पनि त्यत्तिकै गतिमा बनोस् । ११ बर्ष पर्खेर बल्तल्ल सुरु भएको कामले विद्यालय परिबार, अभिभावक, व्यवस्थापन समिति सबैलाई उत्साह दिने गरी काम अघि बढोस् । साथै भवन निर्माण गरेर मात्र पनि भएन, त्यहाँ पुस्तकालय, कम्प्यूटर ल्याब, विज्ञान ल्याब, गणित ल्याबहरु पनि बनुन् । अत्याधुनिक प्रविधि जडित कक्षा कोठाहरु बनुन् ।

गाउँलेहरु गुणस्तरीय शिक्षाका लागि गाउँ छाडेर सहर पसेका छन् । गाउँमै त्यत्तिको विद्यालय बन्यो भने गुणस्तरीय शिक्षा खोज्दै सहर पसेकाहरु पनि फर्कुन् । सिँजाली मावि शैक्षिक, भौतिक रुपमा गोरखा जिल्लाकै उत्कृष्ट विद्यालय बनोस्, शुभकामना ।

प्रतिक्रिया दिनुहोस्