
भूपू सैनिक विद्यालयका शिक्षकलाई मन्टेश्वरी तालिम
गोरखा नगरपालिका–८ खल्लुबोटे स्थित राष्ट्रिय भूपू सैनिक विद्यालयमा संचालित मन्टेश्वरी शिक्षण सिकाई सीप बिकास तालिम सम्पन्न भएको छ । शनिवारबाट सुरु भएको तालिम सोमवार सम्पन्न भएको हो । मन्टेश्वरी सीप सिकाई केन्द्रको समन्वयमा तालिम संचालन गरिएको बिद्यालयका प्रधानाध्यापक बिष्णुहरि अर्यालले बताए ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्यले तालिम संचालन गरिएको उनले जानकारी दिए । ‘विद्यार्थीहरुको रुची, क्षमता, स्तर र विभिन्न तहका आधारमा खेल, नाटक, कथा, गायन र परामर्श लगायतका विधिको प्रयोग गरी शिक्षण गर्ने तरिका तालिमा सिकाइएको थियो’, उनले भने, ‘शिक्षकसँगै अभिभावकहरुलाई पनि बालबालिकाहरुको मनोभाव बुझ्न अभिप्रेरित गरिएको थियो ।’
तालिममा बिद्यालयका ९ जना शिक्षक सहभागी थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण बुढाथोकीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा नेपाल राष्ट्रिय भूपू सैनिक संघका जिल्ला उपसभापति जगदिश बस्नेत, विद्यालय सुपरिवेक्षण समितिका संयोजक विष्णुप्रसाद देवकोटा लगायतको सहभागिता रहेको थियो ।




