
विद्यार्थीको छात्रवृत्तिका लागी तीन लाखको अक्षयकोष स्थापना गर्ने घोषणा
गोरखा नगरपालिका–६ पाटेचौरस्थित शक्ति माध्यमिक विद्यालयबाट २०५५ सालमा एसएलसी दिएका विद्यार्थीहरुले तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएका छन् । शनिवार विद्यालयको बार्षिक उत्सवको अवसरमा उनीहरुले उक्त रकम बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।
विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीको छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गर्न लागिएको उक्त ब्याचका संयोजक नारायणबाबु अर्यालले बताए । ‘एक हप्ताभित्र हामीले रकम जम्मा गर्छाै,’ उनले भने, ‘साथीहरुसँग स्वेच्छाले जति दिनुहुन्छ दिनुस् भनेर माग्छौँ ।’ आफूहरुले एसएलसी दिएको २५ बर्ष पुगेको अवसर पारेर अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको समेत उनले जानकारी दिए ।




