| बिहिबार, अशोज १४, २०८३

द्रव्यशाह बहुमुखी क्याम्पसद्वारा सुन्तला किसानलाई अभिमुखीकरण

द्रव्यशाह बहुमुखी क्याम्पसले सुन्तला अधिक हुने ताङ्चिोक क्षेत्रका सुन्तलाका व्यवसायिक किसानलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसले त्यहाँका २८ जना किसानलाई सुन्तला बगैँचामै लगेर प्रयोगात्मक रुपमा अभिमुखीकरण गरेको हो ।

विश्वविद्यालय अनुदान आयोगले सञ्चालन गरेको उच्च शिक्षामा गुणात्मक प्रवद्र्धन कार्यक्रमअन्तर्गत सो क्याम्पसले सहिद लखन गाउँपालिका ५ तीनमानेमा कार्यक्रम आयोजना गरेको क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले जानकारी दिए । कृषि ज्ञानकेन्द्रका कार्यालय प्रमुख निलकण्ठ पोखरेल, प्रधानमन्त्री कृषि आनुधिकीकरण परियोजना कार्यालयकी प्रमुख पूर्ण ढुंगाना, कृषि ज्ञानकेन्द्रका वाग्वानी अधिकृत प्रमोद गैरे र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सुन्तला जोन अफिसर रविन्द्र पौडेलले किसानहरुलाई सहजीकरण गरेका उनले बताए ।

उनीहरुले सुन्तला खेतीमा देखा परेको विद्यमान समस्याका बारेमा प्रशिक्षण दिएका थिए । गाउँपालिकाका प्रमुख रमेश थापा मगरको प्रमुख आतित्थ्यता तथा क्याम्पस प्रमुख रामचन्द्र दुवाडीको अध्यक्षतामासम्पन्न भएको कार्यक्रममा २८ जना सुन्तला व्यवसायी कृषकहरुलाईसुन्तलाका लागि तत्काल आवश्यक पर्ने औषधीसमेत क्याम्पसले उपलब्ध गराएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्