| बिहिबार, अशोज १४, २०८३

अन्तर मावि नृत्य प्रतियोगितामा शक्ति मावि प्रथम

गोरखा नगरपालिका स्तरीय अन्तर मावि नृत्य प्रतियोगितामा शक्ति मावि पाटेचौर पहिलो भएको छ ।

चेम्बर अफ कमर्स गोरखाको आयोजनामा सदरमुकामको हरमटारी खेल मैदानमा जारी ‘कृषि, पर्यटन प्रबद्र्धन मेला २०८०’ अन्तरगत मंगलबार भएको प्रतियोगितामा महेन्द्रज्योती मावि दरबारमार्ग दोस्रो र महालक्ष्मी मावि लक्ष्मीबजार तेस्रो भएको कार्यक्रम संयोजक बिष्णु रानाले बताए ।

पहिलो, दोस्रो र तेस्रो हुने बिद्यालयलाई क्रमश १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको उनले जानकारी दिए । प्रतियोगितामा नगरपालिकाभित्रका छ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । मंगलवार प्रतियोगिताका बिजेता बिद्यालयलाई गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्