| बिहिबार, अशोज १४, २०८३

प्याब्सन लोकनृत्य प्रतियोगितामा लक्ष्मी सामुदायिक प्रथम

प्याब्सन लोकनृत्य प्रतियोगिता २०८० मा गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित लक्ष्मी सामुदायिक शिक्षा सदनले प्रथम स्थान हासिल गरेको छ । ११ टिम सहभागी रहेको सो प्रतियोगितामा लक्ष्मी शिक्षा सदनले प्रथम पुरस्कार जित्न सफल भएको हो ।

शनिबार आयोजित प्याब्सन लोकनृत्य प्रतियोगितामा वल्ड क्यापिटल बोर्डिङ स्कूलका कलाकारहरुले द्वितीय स्थान हाँसिल गरेका छन् भने पालुङटार नगरपालिकास्थित गोरखा मोडर्नले तृतीय पुरस्कार जितेका थिए ।

प्रथम स्थान हासिल गर्नेले १० हजार नगद, द्वितीय हुनेले ७ हजार र तृतीय हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
विजेता समूहलाई प्रमुख अतिथि प्याब्सन गण्डकी प्रदेश समितिका उपाध्यक्ष सीताराम तिवारी र अर्का अतिथि शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सुवास आचार्यले पुरस्कार प्रदान गरेका थिए ।

प्याब्सन गोरखाका अध्यक्ष कमल थापाको अध्यक्षतामा सम्पन्न भएको सो प्रतियोगितामा प्रमुख अतिथि तिवारी र समन्वय प्रमुख आचार्यले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्