| बिहिबार, अशोज १४, २०८३

अन्तर्राष्ट्रिय विश्व आप्रवासी दिवसको अवसरमा दुई विद्यालयमा अभिमुखीकरण कार्यक्रम

वैदेशिक रोजगारलाई कसरी सुरक्षित, मर्यादित र ठगीरहित बनाउन सकिन्छ भन्ने विषयमा गोरखा सदरमुकामका दुईवटा विद्यालयमा वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । आप्रवासी कामदार हकहित संरक्षण सञ्जाल गोरखा जिल्ला कमिटी र गोरखकाली आप्रवासी कामदार हकहित संरक्षण संन्जाल नगर कमिटीले संयुक्त रुपमा दुई विद्यालयमा अभिमुखीकरण कार्यक्रम संचालन गरेको हो ।

डिसेम्बर १८ तथा पुस २ गते अन्तर्राष्ट्रिय आप्रवासी दिवसको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम गरिएको आप्रवासी कामदार हकहित संरक्षण सञ्जाल गोरखाका अध्यक्ष साजन रानामगरले बताए ।

जस अनुसार सोमबार नवज्योती मावि डण्डीडाँडा र शक्ति मावि पाटेचौरका कक्षा ८, ९ र १० मा अध्ययनरत एक सय ४९ जना बालबालिकालाई अभिमुखकरण गराएको उनले बताए ।

अहिले नेपालमा कक्षा दश वा प्सल टु पास गर्ने वित्तिकै वैदेशिक रोजगारीमा जाने लहर बढेकाले सचेतनामुलक कार्यक्रम गरिएको उनले बताए । कार्यक्रममा विद्यार्थीहरुलाई सकभर स्वदेशमै बसेर स्वरोजगार बन्न आग्रह गरिएको र यदि विदेश जानै पर्ने भएमा सिपमुलक तालिम सिकेर मात्र जान आग्रह गरिएको उनले जानकारी दिए ।

सोहि कार्यक्रम अन्तरगत आज मंगलबार महेन्द्र ज्योति माविमा र ६ गते बालमन्दिर माविमा कार्यक्रम आयोजना हुने जनाएको छ ।

त्यस्तै, ५ गते विहिबार विहान साढे सात बजे गोरखा सदरमुकामको बसपार्कमा वैदेशिक रोजगारीबाट फर्किएकाहरु तथा बैदेशिक रोजगारीमा रहनु भएको परिवारहरुबाट शान्ति ¥याली आयोजना गर्ने बताइएको छ । सो कार्यत्रम पश्चात गोरखानगर पालिका सभाहलमा वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्