| सोमवार, अशोज १८, २०८३

नेपाल शिक्षक संघ धार्चेको सभापतिमा सुनिल गुरुङ

नेपाल शिक्षक संघ धार्चे गाउँपालिकाको सभापतिमा सुनिल गुरुङ चयन भएका छन् ।

गाउँपालिकाको माछाखोलामा भएको संघको दोस्रो अधिवेशन तथा पाँचौ साधारण सभाबाट गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको हो । अधिवेशनबाट गुरुङको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

संघको उपसभापतिमा पृति गुरुङ, बिरबल गुरुङ, सचिवमा धन ब गुरुङ, अर्थ सचिवमा सुजन गुरुङ, सहसचिवमा रामशँकर यादब, सहसचिवमा महिला तर्फबाट आशा गुरुङ, अर्थ सह सचिवमा रामपति गुरुङ, सहसचिवमा समावेशि तर्फ सुरेन्द्र गुरुङ र सहसचिवमा समापेशि महिलामा रसमाया गुरुङ चयन भएका छन् ।

संघको सदस्यहरुमा वडा नं एक बाट निसा गुरुङ, दुईबाट सुन माया गुरुङ, चारबाट पुजा गुरुङ, पाँचबाट मेघ गुरुङ, छ बाट पवन लामिछाने, सातबाट दिनेश लामिछाने चयन भएका छन् । त्यस्तै, महिला सदस्य तर्फ प्रेरणा गुरुङ, सुबास्ना गुरुङ, सुकमाया गुरुङ र खुल्ला तर्फ सदस्यहरुमा निरज खनाल, टक ब गुरुङ, रोसनि कुमाल र सागर गुरुङ चयन भएका छन् ।

निवर्तमान सभापति रामचन्द्र गुरुङको सभापतित्व तथा संघको जिल्ला सभापति शिव थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस गोरखाका सहसचिव लुमनाथ लामिछाने, काँगे्रेस गोरखाका महासमिति सदस्य फुल्माया गुरुङ, नेबिसघ जिल्ला सभापति सुभाश अधिकारी, जिल्ला सदस्य तुल बहादुर गुरुङ, सुर्यमान गुरुङ, धार्चे गाउँपालिकाका पार्टी सभापति सन्तोष गुरुङ लगायतको सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्