| बुधबार, अशोज १३, २०८३

गोरखा क्याम्पसलाई भारत सरकारबाट बस सहयोग

भारतीय दूतावासले गोरखा क्याम्पसलाई बस सहयोग प्रदान गरेको छ । भारत सरकारबाट प्रदान गरिएको बस आइतबार एक कार्यक्रमका बीच दूतावासले क्याम्पसलाई हस्तान्तरण गरिएको हो । आइतवार काठमाडौंस्थित भारतीय दूतावासमा आयोजित एक कार्यक्रमकाबीच क्याम्पसलाई बस हस्तान्तरण गरिएको छ ।

अर्थमन्त्री बर्षमान पुन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा बस हस्तान्तरण गरेका हुन् । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्र्तगत बस प्राप्त भएको क्याम्पस प्रमुख नवराज पाण्डेले बताए । ‘बिद्यार्थीहरु ओसारपोसारका लागि क्याम्पसलाई एउटा बस अति आवश्यक थियो’, उनले भने, ‘अब विद्यार्थीहरुलाई निकै सहज हुनेछ ।’

बजार क्षेत्रभन्दा केही पर क्याम्पस भएकाले पनि आउजाउमा बिद्यार्थीलाई समस्या हुने गरेको उनको भनाइ छ । बस संचालनमा आएपछि विद्यार्थी सङख्यामा बृद्धि हुने क्याम्पसको अपेक्षा छ । भारतीय दुताबासले आइतबार देशभरका बिभिन्न संघसंस्थालाई ३५ एम्बुलेन्स र ६६ वटा बस उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्