| सोमवार, भदौ ७, २०८३

लागुऔषधसहित तीन भारतीय नागरिक पक्राउ

आँबुखैरेनी गाउँपालिका ४ मुग्लिङ पुलजिपबाट नियन्त्रित लागूऔषध डाईजेपाम सहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मुग्लिनतर्फबाट आँबुखैरेनीतर्फ आउँदै गरेको युपी ५६ बिके ६७६९ नंबरको कारमा सवार तीनजनालाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले डाइजेपाम १२ एम्पुल, फेनारगन १० एम्पुल र बुप्रेनोर्फिन १० एम्पुलसहित भारत घर भएका २३ वर्षीय भुलन खानसहित ३ जनालाई रातको समयमा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्