| सोमवार, भदौ ७, २०८३

गोरखा आरुघाटको वनमा पाँचथान बन्दूक भेटियो

गोरखाको एक वनमा पाँच थान बन्दूक फेला परेको छ । आरुघाट गाउँपालिका ६ स्थित चिहानडाँडाको वनमा बेवारिसे अवस्थाका पाँचथान बन्दूक फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय आरुघाटबाट गएको गस्ती टोलीले शनिबार अपरान्ह करिब पाँच बजेतिर जंगलमा लुकाइराखिएको अबस्थामा बन्दूक फेला पारेको हो ।

प्रहरी निरीक्षक अनील श्रेष्ठ नेतृत्वको गस्ती टोलीले सो जंगलभित्र सल्लाको हाँगाले छोपिराखेको अवस्थामा बन्दूक फेला पारेको हो । भेटिएका पाँच वटामध्य एक थान थोत्रो भएर भाँचिएको अबस्थामा रहेको र अरु चारवटा पनि लामो समयदेखि जंगलमै लुकाइछिपाइ राखिएको अबस्थामा रहेकाले खिया लागेको प्रहरीको भनाइ छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्