
गोरखामा चट्याङ लागेर दुईजना घाइते
चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन् । साँझ परेको चट्याङ लागेर बारपाक सुलिकोट ७ बालुवाडाँडाका दुई जना घाइते भएका हुन् ।
साँझ करिब ६ः१५ बजे परेको चट्याङ लागेर स्थानीय ४५ वर्षका प्रेमबहादुर कुँवर र ३२ वर्षका डिलबहादुर कुँवर घाइते भएको वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार उनीहरुको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको छ ।




