
मुग्लिन पुलको लठ्ठामा हिड्ने युवाको प्रहरीद्वारा उद्धार
मुग्लिन पुलको लठ्ठामाथि हिड्ने एकजनाको प्रहरीले उद्धार गरेको छ । राजपुर १ दाङ घर भई मुग्लिन बजारमा ज्याला मजदुरी गरेर बस्ने ३२ बर्षका दीपक घर्ती मगरलाई पुलको लठ्ठामाथिबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनी बुधबार बिहान ११ः१५ बजे मुग्लिनस्थित त्रिशुली नदीमाथिको पुरानो पुलको लठ्ठामा चढेका थिए । स्थानीयको सूचना पाउने वित्तिकै घटनास्थलमा पुगेको प्रहरीले ११ः४५ बजे उनलाई पुलबाट उद्धार गरेको थियो ।
उनले आफ्नो व्यवहार बिग्रिएकाले नदीमा हाम्फाल्न पुलको लठ्ठामा चढेको बताएका थिए ।




