
बोलेरो दुर्घटनामा चालकको मृत्यु
अजिरकोट गाउँपालिका–१ ताराखोलास्थित कच्चि सडकखण्डमा बोलेरो जीप दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । कालिका हाइड्रोपावरको सामान लाने क्रममा बिहीवार राती बा २० च ८२१० नम्वरको बोलेरो दुर्घटना भएको हो । दुर्घटनामा परि चालक नुवाकोटको बिदुर गाउँपालिका–६ तलेखुका ४१ बर्षीय जै बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘सडकको बिच भागमा जीप पल्टिएको रहेछ,’ डिएसपी राजकुमार श्रेष्ठले भने, ‘त्यही जीपले च्यापिएर चालकको मृत्यु भएको हो ।’ इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बिशाल अधिकारीको कमाण्डमा टोली घटनास्थलमा खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।




