| आइतवार, कार्तिक ८, २०८३

मोटरसाइकल दुर्घटनामा मृत्यू हुनेको सनाखत

शनिबार साँझ आरुघाट गाउँपालिका ३ छेपारेखोलामा मोटरसाइकल दुर्घटनामा मृत्यू हुने युवाको सनाखत भएको छ ।

आर्खेततर्फबाट सोतीतर्फ जाँदै गरेको ग १८ प ३५४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यू हुनेमा धार्चे गाउँपालिका २ केरौंजाबेशीका ३० बर्षीय मनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


मृतककी दिदी भीममाया गुरुङले सो दुर्घटनामा परी मृत्यू भएका आफ्नो भाई मनबहादुर गुरुङ हो भनी आइतबार बिहान सनाखत गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्