
पालुङ्टारका शंकर सुनारले गरे श्रीमतीको हत्या
पालुङटार नगरपालिका ३ बोगटीगाउँका शंकर सुनारको कुटपिटबाट श्रीमतीको मृत्यू भएको छ । सुनारको निर्घात कुटपिटबाट २१ बर्षकी श्रीमती अनुस्का परियारको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
‘शंकर सुनार भन्ने व्यक्तिले बिहान ११ः३० श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका छन् भनेर हामीलाई १२ः२० बजे हामीलाई सूचना प्राप्त भयो’, प्रहरी निरीक्षक राजन लम्सालले भने, ‘हाम्रो टोली त्यहाँ पुगेर उपचारका लागि आँपपिपल अस्पताल पठायो । अस्पताल पु¥याउँदा दिउसो १ः४० बजे चिकित्सकबाट उहाँको मृत्यूको घोषणा गर्नुभयो ।’ प्रहरीले लासको मुचुल्का गयार गरी पोष्टमार्टमको लागि प्रदेश अस्पताल गोरखामा पठाएको उनले बताए ।
कुटपीट गर्ने शंकर सुनार पनि घाइते रहेको र उनको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको प्रहरी निरीक्षक लम्सालले जानकारी दिए ।




