| आइतवार, कार्तिक ८, २०८३

बिषालु च्याउ खाँदा परिबारका सबैजना बिरामी

बिषालु च्याउ खाँदा गोरखाका एक परिबार बिरामी भएका छन् । सोमबार बेलुका खानासंगै च्याउको तरकारी खाएका गोरखा नगरपालिका १४ प्युघरमा बस्दै आएका हिरालाल पहारीको परिबार बिरामी भएका प्रहरीले जनाएको छ ।

वाग्मती नगरपालिका १३ मकवानपुर घर भई हाल गोरखाको प्यूघर बस्दै आएका ३० बर्षकी हिरालाल पहारी, उनका दुई छोरा १२ बर्षका किसान पहारी, र ६ बर्षका हिमाल पहारी तथा पाँच बर्षकी छोरी सुजिता पहारी बिरामी भएका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए ।

उनीहरु सबैको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । उनीहरु सबैको अबस्था बोल्न सक्ने अबस्था रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले सोमबार बेलुकीको खानासंगै घर नजिकै टौवामा उम्रिएको च्याउ खाएका र खाए लगत्तै बिरामी भएका प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्