| आइतवार, कार्तिक ८, २०८३

छेकम्पारमा आगलागी हुँदा एकजना घाइते

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ७ छेकम्पारस्थित लेरु गाउँमा आगलागी हुँदा एकजना गम्भीर घाइते भएका छन् । गएराती ३ बजेतिर आगलागी हुँदा स्थानीय ५४ वर्षका तेन्जिङ वाङगेल लामा घाइते भएका छेकम्पारका अटु लामाले बताए ।
आगलागीको कारण तेन्जिङ वाङगेल लामाको अनुहार, घाँटी र दुवै हात जलेको चुमनुब्रीका स्वास्थ्य संयोजक प्रेम गुरुङले जानकारी दिए । ‘घाइतेको छेकम्पारमै प्राथमिक उपचार भैरहेको छ । आज ९शुक्रबार० नै बोकेर सिर्दिबास ल्याउने तयारी पनि छ’, उनले भने, ‘छेकम्पारबाट सिर्दिबास आइपुग्न एकदिन पैदल हिँड्नुपर्छ ।’
घाइतेको उद्धारका लागी हेलीकप्टर माग गरेतापनि आर्थिक अभावका कारण पैदल लैजान लागिएको स्थानिय अटु लामाले बताएका छन् । आगलागीबाट घाइते तेन्जिङको धन्सारभित्र रहेको लत्ता–कपडा, अन्नपात, काठदाउरा, चौरीको काँटी, जस्ता पाता, कृषि औजार लगायतका सामाग्रीहरु पूर्ण रुपमा नष्ट भएको उनले जानकारी दिए । चुलाको आगो सल्किएर आगलागी भएको स्थानीयहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्