| बुधबार, असार ९, २०८३

आँबुखैरेनीमा कटुवा पेस्तोलसहित युवा पक्राउ

इलाका प्रहरी कार्यालय आँबुखैरेनीले कटुवा पेस्तोलसहित एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले शुक्रबार आँबुखैरेनी गाउँपालिका–४ बनटारस्थित पृथ्वी राजमार्ग सडक खण्डमा कटुवा पेस्तोलसहित बाराका १९ वर्षिय ओमबाबु प्रसाद यादवलाई प्रकाउ गरेको हो ।
यादवलाई कलैयाबाट पोखरातर्फ आउँदै गरेको यात्रुवाहक बसबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए । पक्राउ परेका यादवको साथबाट पेटमुनि बेल्टमा लुकाई छिपाई ल्याएको एक थान कटुवा पेस्तोल र मोबाइल फोन बरामद गरिएको सुवेदीले जानकारी दिए ।
उनलाई तनहुँ जिल्ला अदालतबाट हात–हतियार मुद्धामा म्याद थप गरी इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
यस्तै, आँबुखैरेनी प्रहरीले लागु औषधसहित अर्को एक जनालाई पक्राउ गरेको छ । गत बुधबार पृथ्वीराजमार्गमा सवारी चेकजाँचको क्रममा ८० क्याप्सुल नियन्त्रित लागुऔषध सहित लम्जुङका एक युवा पक्राउ परेका हुन् ।
आँबुखैरेनी गाउँपालिका वडा नं ४ बेनिटारस्थित पृथ्वी राजमार्ग सडक–खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा जिल्ला लमजुङ दोर्दी गाउँपालिका वडा नं ९ का १९ का बर्षीय लक्ष्मण विक पक्राउ परेका इप्रकाले जनाएको छ ।
उनको साथबाट प्रहरीले नियन्त्रित ट्रमाडोल हाईड्रोक्लोराइड्को ८० वटा क्याप्सुल बरामद गरेको थियो । उनको थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्