| शनिबार, कार्तिक ७, २०८३

बस दुर्घटनामा १८ घाइते, पाँच रिफर, १३ जना डिस्चार्ज

आइतबार बाह्रकिलोमा भएको बस दुर्घटनामा १८ जना घाइते भएका छन् । गोरखाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख १४१९ नंबरको यात्रुबाहकबस आइतबार दिउसो १ बजे सडकबाट गुड्दै जंगलमा पल्टेर दुर्घटना हुँदा घाइते भएका १८ मध्य पाँचजनालाई चितवन मेडिकल कलेज रिफर गरिएको गोरखा अस्पतालले जनाएको छ ।

१३ जनालाई गोरखा अस्पतालमा उपचारपश्चात डिस्चार्ज भएका मेडिकल सुपरिटेण्डेण्ट सिद्धार्थ खनालले जानकारी दिए ।
भरतपुर चितवनकी संगीता बस्नेत, गोरखा नगरपालिका ३ की सीताकुमारी बस्नेत, गोरखा नगरपालिका ३ का इश्वरबहादुर बस्नेत, गोरखा नगरपालिका १२ की निरुमाया श्रेष्ठ र गोरखा नगरपालिका ९ की जलुमाया बिकलाई सिएमसी अस्पताल रिफर गरिएको अस्पतालले जनाएको छ ।

चितवनका लागि सवार सो बस बाह्रकिलोमा रोकिराखेको अबस्थामा ब्रेकमा समस्या आई गुड्दैगुड्दै भिरालो जंगल गएर पल्टेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्