| मङ्लबार, बैशाख १, २०८३

कुटपिट गरेर बुबाको हत्या, छोरा पक्राउ

कुटपिट गरेर बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको आरोपमा गोरखाको चुमनुब्री गाउँपालिका६ चुम्चेत घर भई काठमाडौं महानगरपालिका १५ किमडोल बस्ने ३६ वर्षीय रोशन गुरुङ भन्ने पेम्बा लामा पक्राउ परेका हुन् ।
पेम्बाले कुटपिट गर्दाबुबा आमकी गम्भीर घाइते भएको खबर पाएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई आइतबार राति पक्राउ गरेको हो। कुटपिटबाट गम्भीर घाइते भएका आमकीको मनमोहन अस्पतालमा थप उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्