| बुधबार, असार ९, २०८३

मनास्लु क्षेत्र घुम्न गएकी एक विदेशी पर्यटक पहिरोमा पुरिइन्

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छिन् । चुमनुब्री ३ न्याकफेदीनेर झरेको पहिरोले चेक रिपब्लिककी ५४ बर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए ।
न्याकफेदीभन्दा केही माथि भीरमा शुक्रबार दिउसो दुईबजेतिर घटना भएको उनले बताए ।
ुभीरबाट झरेको ढुंगाले उहाँलाई पुरेको छ । टाउकोमात्र देखिएको छु, उनले भने, ुउहाँको श्रीमान र मचाहिँ सकुशल छौँ ।ु
त्यतिबेला ठूलो पर्टकको समूह रहेको उनले बताए । ुउहाँ पुरिएपनि पहिरोको डरले कसैले उद्धार गर्न सकेनु, उनले भने ।
घटनास्थल बस्तीबाट धेरै टाढा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । त्यसतर्फ फिलिम चौकीबाट प्रहरी पठाइसकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्