| बिहिबार, असार १०, २०८३

मनास्लु क्षेत्रमा ढुंगा लागेर पर्यटक गम्भीर घाइते

मनास्लु क्षेत्र भ्रमणका क्रममा माथिबाट खसेको ढुंगा लागेर एक पर्यटक घाइते भएका छन् । बिहिबार बिहान सामागाउँबाट फर्कने क्रममा चुमनुब्री ५ बुरको पहिरोमा ढुंगाले टाउकोमा लागेर पर्यटक मिनु इन्द्र लम्साल गम्भीर घाइते भएका सो टोलीमा रहेका दीपेन्द्र न्यौपानेले जानकारी दिए ।
लम्सालको बिही स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको स्वास्थ्य कर्मी छिरिङ खाम्डो लामाले जानकारी दिइन् । घाइतेको टाउकोमा धेरै गहिरो चोट लागेको उनले बताइन् ।
घाइतेको उद्धारका लागि हेलिकोप्टर माग गरे पनि मौसम प्रतिकूल भएका कारण उद्धार हुन नसकेको भ्रमण टोलीका दीपेन्द्र न्यौपानेले बताए ।
सो टोलीमा घाइते ४४ बर्षका मिनु इन्द्र लम्साल, विशाल लम्साल र दीपेन्द्र न्यौपाने रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्