| शनिबार, भदौ ७, २०७६

नेपाली माटोमा गोबध सुहाउन्न

केहीदिनअघि प्रदेश नं. ३ की उपसभामुख राधिका तामाङले गाई काट्न पाउनु पर्ने ब्यबस्थाका लागि संसदमा आवाज उठाइन् । यस्तै आवाज केही बर्षअघि पद्मरत्न तुलाधरले पनि उठाएका थिए । तर अधिकांश नेपालीले यी आवाजको बिरोध गरे, आलोचना गरे । अन्तत ः सेलायो ।
नेपाल हिन्दू बाहुल्य भएको मुलुक हो । हिन्दूहरुले गाईलाई पूजा गर्छन् । त्यसमाथि पनि गाईलाई राष्ट्रिय जनावरको मर्यादा पनि दिएका छन् । देवता मानेर पूजा गर्ने जनावरलाई काट्ने प्रसंग बहुसंख्यक नेपालीलाई पच्दैन । आफ्नो आस्थाको प्रतीकलाई काट्ने बिषय नपच्नु कसैका लागि पनि अस्वभाविक होइन ।
यद्यपि नेपाल धर्म निरपेक्ष मुलुक हो । धर्म निरपेक्षको अर्थलाई बङ्ग्याएर अरुको धर्मलाई अपमान हुने व्यबहार गर्न पाइने भन्ने होइन । गाईलाई देवी नमान्ने धर्मावलम्बीले नमान्न पाउँछन् । मान्नेले सकेसम्म संरक्षण गर्न वा बचाउन पाउँछन् । कसैले मार्ने, कसैले जोगाउने गर्दा हुनसक्ने तनाब, द्वन्द्व थेग्न मुलुकलाई हम्मेहम्मे पर्न सक्छ । काटेर खान बिभिन्न अन्य पशुचौपाया हुँदाहुदै राज्यले यो परिस्थिति सिर्जना हुन दिनु हुन्न । त्यसैले द्वन्द्व निम्त्याउने काम नगर्दा नै बेश हुन्छ । नेपाल जस्तो मुलुकमा कहिले बिपदको नाममा, कहिले द्वन्द्वको नाममा अस्थिरता मच्चाएर रजाइँ गर्ने नियत भएकाहरुको उक्साहटमा द्वन्द्व मच्चाउनु वुद्धिमानी हुदैन ।
धर्म निरपेक्ष मात्र होइन, नेपाल धार्मिक सहिष्णुताको मुलुक पनि हो । यसको मर्मलाई हृदयंगम गरी एउटाले सम्मान गरेकालाई अर्काले अपमान नगर्ने नीति अपनाउनु नै वुद्धिमानी हुन्छ ।
केही दिनअघि सिम्जुङमा गाई काट्नेलाई प्रहरीले पक्राउ गरेको छ । यसबाट पनि गाई काट्नु हुन्न रहेछ पाठ सिक्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्