
कालो ब्यानरमा तमु ल्होसार
दरौंदी समाचारदाता
गोरखाका गुरुङ समुदायले कालो ब्यानरमा तमु ल्होसार मनाएका छन् । ल्होसारका अबसरमा सरकारले दिदै आएको सार्वजनिक बिदा कटौतीको विरोधस्वरुप गुरुङ समुदायले कालो ब्यानरमा ल्होसार मनाएका हुन् । ¥याली तथा शुभकामना आदानप्रदान दुबै कार्यक्रममा उनिहरुले कालो ब्यानर प्रयोग गरेका हुन् ।
तमु ल्होसारकै अबसरमा तमु ह्युल छोज धि गुरुङ राष्टिूय परिषद गोरखा नगर कार्य समितिको आयोजनामा सदरमुकाममा विभिन्न कार्यक्रम भएका छन् । आइतबार बिहान मौलिक परम्परा अनुसार लामाको विषेश पुजाआजा सहित ‘खि’ ल्हो को बिदाई तथा फो ल्होको स्वागत गरि ¥याली तथा शुभकामना आदानप्रदान कार्यक्रम भएका हुन् । कार्यक्रममा सहभागीहरुले सरकारले तमु ल्होसारको विदा कटौती गरेकोमा असन्तुष्टी जनाएका छन् । तमु ल्होछार लगायत आदिवासी जनजातिले मनाउने सांस्कृतिक पर्वमा दिइँदै आएको सार्वजनिक बिदा सरकारले कटौती गरी दुखित र आक्रोशित बनाएको भन्दै ल्होसार आन्दोलनकै रुपमा मनाएको तमु ह्युल छोजं धि गुरुङ राष्टिूय परिषदका केन्द्रिय सदस्य जगनसिंह गुरुङले जानकारी दिए । जात जातीको विशेष चाडपर्वलाई सरकारले सम्बोधन गर्न नसकेको उनीहरुको आरोप छ । संघिय सरकारले विदा नदिएपनि तमु अर्थात गुरुङ समुदायको बाहुल्य रहेको गण्डकी प्रदेशमा आईतबार सार्वजनिक विदा दिइएकोमा उनीहरुले गण्डकी प्रदेशलाई धन्यवाद दिएका छन् ।
तमु ह्युल छोजं धि गुरुङ राष्ट्रिय परिषदका नगर अध्यक्ष दिलमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, नेकपाका कृष्ण राना, नेपाली कांग्रेसका चन्दनबाबु खत्री, नयाँ शक्तिका नारायण खत्री, तमु ह्युल छोजं धि गुरुङ राष्टिूय परिषदका अध्यक्ष रामबहादुर गुरुङ, रुपबहादुर गुरुङ, दुर्गा गुरुङ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रम अघि तमु हलबाट शुरु भएको सांस्कृतिक झाँकीसहितको ¥यालीले गोरखा बजारका विभिन्न भाग परिक्रमा गरेको थियो । हरेक वर्ष पुस १५ लाई नयाँ बर्षका रुपमा मनाउने गुरुङ समुदायले ल्होसारकै अबसरमा आ आफ्नो घरका झण्डा फेरेका छन् ।
ल्होसारकै अबसरमा तमुह्ुल छोज धि चुमनुब्री गाउँपालिकाले सिर्दीबासको फिलिम बजारमा ¥याली सहित शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । प्रतिनिधी सभाका सदस्य हरीराज अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।




