| आइतवार, कार्तिक २९, २०८३

भीमसेन गाउँपालिकामा रु. एकहजार थपेर वृद्धभत्ता

भीमसेन गाउँपालिकाले ७५ बर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षाभत्तामा एकहजार रुपियाँ थप गरेर वितरण गरेको छ । यही आर्थिकबर्षदेखि केन्द्र सरकारबाट प्राप्त रकममा एकहजार रुपैंया थप गरी घरघरमा पुगेर भत्ता दिन सुरु गरेको गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिए । ‘ज्येष्ठ नागरिकहरुको सम्मानका लागि गाउँपालिकाको कोषबाट एकहजार रुपियाँ थप गरी घरघरमा पुगेर भत्ता वितरण गर्न सुरु गरेका छौं’, अध्यक्ष पाण्डेले भने, ‘ज्येष्ठ नागरिकले समाजमा पु¥याएको योगदानको कदर गर्दै उहाँहरुलाई दोसल्ला ओढाएर भत्ता दिने गरेका छौं ।’ सरकारले मासिक दुईहजार रुपियाँका दरले चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको थियो । गाउँपालिकाले थप गरेपछि ७५ बर्ष पुगेका ज्येष्ठ नागरिकले चार महिनाको नौ हजार रुपियाँका दरले भत्ता पाएका छन् ।
साथै जाडोबाट बच्न ज्येष्ठ नागरिकलाई कम्मल र हर्लिक्स पनि वितरण गर्ने तयारी गरेको उनले बताए । ‘यही मंसीरबाट बिभिन्न वडाका ज्येष्ठ नागरिकलाई हर्लिक्स र कम्मल पनि वितरणको काम सुरु गर्नेर्छौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्