
भीमसेन थापा गाउँपालिकामा उज्यालो अभियान
भीमसेनथापा गाउँपालिकाले उज्यालो भीमसेन थापा गाउँपालि का अभियान सुरु गरेको छ । गाउँपालिकाका कुनै पनि गाउँटोल अँध्यारो नहोस् भनेर उज्यालो भीमसेनथापा गाउँपालिका अभ्यान सुरु गरिएको गाउँपालिका का अध्यक्ष इश्वर पाण्डेले जानकारी दिए ।
‘घरघरमा त सबैले बत्ती बालेकै हुन्छन्’ अध्यक्ष पाण्डेले भने, ‘गाउँपालिकालेचाहिँ बस्ती उज्यालो बनाउन बत्ती दिएको छ ।’ साथै बत्ती बालेबापत उठ्ने महशुल पनि गाउँपालिको तिरिदिने व्यबस्था गरेको उनले बताए । ‘बस्तीका कसैको घरको मिटरबाट लाइन तानेर बत्ती बाल्ने र बर्षभरिमा एकहजार रुपियाँ दिने व्यबस्था गरेका छौं’, उनले भने, ‘राती बत्ती बाल्ने, निभाउने, बत्ती जल्यो वा फुट्यो भने सम्बन्धित ब्यक्तिले बत्ती फेर्ने जिम्मा स्थानीयबासीलाई दिइएको छ । एलइडी खरिद गरेबापतको बिल वडा कार्यालयबाट भुक्तानी लिने व्यबस्था मिलाएका छौं ।’ पहिलो चरणमा चारसय १० ठाउँमा एलईडी बत्ती राखेको उनले बताए । ‘चारसय १० ठाउँमा बत्ती राखे बापत बत्तीको खर्च र महशुल बापत चारलाख १० हजार त निकासा गरिसकेका छौं’, अध्यक्ष पाण्डेले भने । भीमसेन गाउँपालिका भित्र घ्याम्प ेशाल, खान्चोक, बोर्लाङ, क्यामुन टार, चौतारा, घाटबेशी, महादेव टार, कय भञ्ज्याङ, सिमला फेद, झिँगटे, ठाटी, मोहोरिया लगायत का बजारहरु छन् । बस्ती क्षेत्र सँधै उज्यालो र सुरक्षित उद्देश्यले उद्देश्यले उज्यालो भीमसेन थापा गाउँ पालिका अभियान सुरु गरिएको अध्यक्ष पाण्डेको भनाइ छ । ‘बस्ती सँधै उज्यालो होस् र चोरी, गुण्डा गर्दी नहोस् भनेर यो अभियान सुरु गरेका हौं’, उनले भने ।




