| आइतवार, कार्तिक २९, २०८३

आइल्याण्डले गोरखा बसपार्क झिलिमिलि

अनुपमा खनाल : गोरखा सदरमुकामको पुरानो बसपार्कमा रङगीचंगी बत्ति र पानीको फोहोरासहितको आइल्याण्डले झिलिमिली हुन थालेको छ । नवनिर्मित आइल्याण्डको सोमबार उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङले आइल्याण्डको उद्घाटन गरेका हुन् । ११ लाख ७० हजार रुपैयाँको लागतमा आइल्याण्ड निर्माण भएको गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले जानकारी दिए । पुरानो बसपार्कको बीच भागमा बनाईएको आइल्याण्डले सो क्षेत्रमा सवारी तथा पार्किङ ब्यबस्थापन पनि सहज हुने गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताए । ‘यहाँ सवारी साधन अव्यबस्थित रुपमा पार्किङ गर्ने क्रम अब रोकिन्छ’ उनले भने ‘नयाँ बसपार्कमा गाडी नराखी यहाँ राख्ने चलन थियो । अब यहाँ आईल्याण्ड भएपछि सवारी साधन पार्किङ गर्न मिल्दैन । अब नयाँ बसपार्कमा नै सवारी पार्किङ गर्नुपर्छ । यहाँ यात्रुलाई बस चढाउने र ओराल्ने मात्रै गर्न सकिन्छ । यसले पार्किङ ब्यबस्थापन हुन्छ ।’
सो ठाउँमा फोहोर ब्यबस्थापनमा सहज हुनुका साथै दुर्घटनाको जोखिम पनि कम हुने मेयरले विश्वास व्यक्त गरे । पुरानो बसपार्कको बिच भागमा पानीको फोहोरा सहित बनेको आइल्याण्डले पर्यटन प्रबद्र्धनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्