
सदरमुकामका ३९ ठाउँमा सिसी क्यामेरा,
अनुपमा खनाल
गोरखा नगरपालिकाको मुख्य बजार क्षेत्रलाई सिसि क्यामराको निगरानीमा राखिएको छ । बिभिन्न ३९ ठाउँमा सिसी क्यामेरा जडान गरी सदरमुकाम बजारलाई निगरानीमा राखिएको हो ।
सामुदायिक सेवा केन्द्रको संयोजन तथा गोरखा नगरपालिकासहित विभिन्न टोल विकास संस्था, अन्य संघसंस्था तथा ब्यबसायीको आर्थिक सहयोगमा मुख्य बजार क्षेत्रको बिभिन्न ३९ ठाउँमा सिसि क्यामरा जडान गरिएको हो ।
सोमबार जिल्ला प्रहरी कार्यालयमा एक औपचारिक समारोह आयोजना गरी जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङले सिसि क्यामराको उद्घाटन गरे । साथै सो अबसरमा गोरखा नगरपालिका चोक खोलखोलेदेखी प्रतिक्षालय, आयुर्वेद चोक, हरमटारी, अस्पतालमार्ग, पाटेचौर, ठुलो आँगन, विपि चोक, नयाँबजार, रोहटेपानी, पुरानो बसपार्क, शक्तिचोक लगायत ठाउँको मुख्य सडक सिसि क्यामराको निगरानीमा रहेका जानकारी दिईएको थियो । सबै क्यामराको फुटेज जिल्ला प्रहरी कार्यालयको कन्टूोल रुमबाट हेर्न सकिनेछ ।
कुल २६ लाख ७७ हजार रुपैयाँको लागतमा सिसी क्यामरा जडान गरिएको सो कार्यक्रमका संयोजक पत्रकार कैलासबाबु श्रेष्ठले जानकारी दिए । जसका लागि गोरखा नगरपालिकाबाट १८ लाख रुपैयाँ तथा विभिन्न उद्योगी, ब्यापारी, वित्तिय संघसस्थां, ब्यबसायिक संघ सस्थां, टोल विकास संस्थाबाट सहयोग प्राप्त भएको श्रेष्ठले बताएका थिए । कार्यक्रममा सहयोगीहरुलाई प्रसंसापत्रले सम्मान गरिएको थियो ।कार्यक्रमका बक्ताहरुले आपराधिक गतिविधी नियन्त्रणका लागि सिसि क्यामराले सहयोग पु¥याउने अपेक्षा गरेका थिए । अपराधका घटना अनुसन्धान गर्न तथा सुरक्षित समाज निर्माणमा लागि पनि सिसी क्यामरा आबश्यक रहेको उनीहरुको भनाई थियो । सामुदायिक सेवा केन्द्रका अध्यक्ष अच्युतलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बोहरा, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष जीवनज्योती श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका सामुदायिक सेवा केन्द्रका रामहरी केसीले जानकारी दिए ।




