| आइतवार, कार्तिक २९, २०८३

‘जनप्रतिनिधिले ठेक्कापट्टा नगर’

अनुपमा खनाल : नयाँ शक्ति पार्टी नेपाल गोरखाले जनप्रतिनिधिहरुलाई ठेक्कापट्टाको काम बन्द गर्न आग्रह गरेको छ । पार्टीको भीमसेन थापा गाउँपालीका कमिटिले गाउँपालिकाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै गाउँपालिका सदस्य, वडाध्यक्ष र वडा सदस्यहरुलाई सो पालिका भित्रको योजनामा प्रत्यक्ष अप्रत्यक्ष ठेक्कापट्टा गर्ने काम बन्द गराउन माग गरेको हो ।
नयाँ शक्तिका भिमसेनथापा गाउँ पालीका संयोजक रोहिणीप्रसाद पाण्डेले गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेलाई बुझाएको ज्ञापनपत्रमा गत आर्थिक वर्षको आयब्यय विवरण तत्काल सार्वजनिक गर्न पनि ध्यानाकर्षण गरिएको छ ।
गाउँपालिका सहित प्रत्येक वडाको आयब्यय विवरण आउँदो मंसीर १५ गतेभित्र सार्वजनिक कार्यक्रम मार्फत जानकारी गराउन नयाँ शक्तिले माग गरेको हो ।
दश लाख रुपैया भन्दा बढीको योजनाहरु टेण्डर मार्फत अघि बढाउन, एक योजना एक उपभोक्ता समिति बनाउन र एउटा समितिका सदस्य अर्को उपभोक्ता समितिमा बस्ने कार्य बन्द गराउन पनि सो पार्टीले आग्रह गरेको छ । गाउँपालिकाभित्रका सरकारी कार्यालयका सहयोगी कर्मचारीलाई नेपाल सरकारले तोके अनुसारको न्यूनतम पारिश्रमिक दिन पनि नयाँ शक्तिको भिमसेन थापा गाऊ कमिटिले माग गरेको छ । यसअघि नयाँशक्तिको जिल्ला समितिको बैठकले हरेक स्थानीय तहलाई खर्च सार्बजानिक गर्न दबाब दिने र आफू अध्यक्ष रहेको स्थानीय तहको खर्च सार्बजानिक गर्ने पनि निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्