
हाम्रो सहाराद्वारा बूढीगण्डकी पीडित पैयु“का ११ घर परिवारलाई राहत सामग्री प्रदान
हाम्रो सहारा फाउण्डेशन नेपालले चुमनुब्री ३ पैयुँका बूढीगण्डकी बाढी पीडित ११ घर परिवारलाई राहत सामग्री प्रदान गरेको छ ।
सोमबार पैयुँस्थित उनीहरुको होल्डिङ सेण्टरमा पुगेर संस्थाले राहत सामग्री सहयोग गरेको संस्थाका संस्थापक अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन् । होल्डिङ सेण्टरमा रहेका ११ परिवारका लागि ११ थान ग्याँस चुल्हो, चामल, गाग्री, बाटा, किट्ली, दाल, तेल, साबुन प्रदान गरेको उनले बताइन् ।
त्यस्तै ११ घरधुरीका ४० जना पीडितहरुका लागि डाउन जाकेट, ट्राउजर लगायतका सामग्री प्रदान गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।
गत असोज २५ गते आएको बूढीगण्डकीको बाढीले पैयुँका ११ सहित सल्लेरी, घट्टेखोला, जगत बगर लगायतका बस्तीका ३० घरधुरी बगाएको थियो ।




