
गोरखाबाट काठमाडौँ गएको जीपबाट ६ केजी चरेससहित दुईजना पक्राउ
गोरखाबाट मकवानपुरको चित्लाङ हुँदै काठमाडौंतर्फ जाँदै गरेको जीपबाट चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पालुङ्टारबाट गएको बा. प्र. ०१–०३५ च ४५६१ नम्बरको जिप चेकजाँच गर्ने क्रममा मकवानपुर, थाहा नगरपालिका ९ चित्लाङमा ६ किलो ४० ग्राम चरेससहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
आइतबार राति अवैध ओसार पसारमा संलग्न काभ्रे बनेपा नगरपालिका ८ तिनदोबाटो बस्ने धुलिखेल नगरपालिका ३ सञ्जिवनी चोक घर भएका ३३ वर्षीय हेविन श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका २ क्षेत्रपुर बस्ने सोही महानगरपालिका( ११ कोलटाँडी घर भएकी २१ वर्षीया दिव्याश्री काफ्ले लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चित्लाङ समेतबाट खटिएको प्रहरीले उक्त पदार्थ फेला पारी जिप चालक हेविन र जिपमा सवार दिव्याश्रीलाई पक्राउ गरेको हो ।




