| मङ्लबार, मंसिर १, २०८३

गोरखाली ख्रीष्टीय समुदायको अध्यक्षमा जोयल गुरुङ

गोरखाली ख्रीष्टीय समुदाय गोरखाको अध्यक्षमा जोयल गुरुङ चयन भएका छन् ।
समुदायको आइतबार सम्पन्न छैटौ अधिबेशनले गुरुङको अध्यक्षतामा तीन सदस्ययी कमिटि निर्माण गरेको हो ।
जसको सचिबमा तेज बराम र कोषाध्यक्षमा येशु बि.क चयन भएका गोरखाली ख्रीष्टीय समुदाय गोरखाका नवनियुक्त सचिव तेज बरामले जानकारी दिए ।
समुदायले छिटै जिल्लाका ११ वटै स्थानीय तहहरुको इसाइ समुदायको बैठक बसे् पालिका कमिटिबाट अन्य पद पुर्ति गर्ने उनले बताए । गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा गोरखाली ख्रीष्टीय समुदायको छैटौ अधिबेशन सम्पन्न भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्