| बिहिबार, कार्तिक २६, २०८३

सशस्त्र प्रहरी बल गोरखा गुल्मको स्थापना दिवस विविध कार्यक्रम गरी मनाईयो

सशस्त्र प्रहरी बल गोरखा गुल्मको १४ औं स्थापना दिवस बिहीवार विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीहरु सम्मानित भएका छन् ।

विपद व्यवस्थापन, पेशागत कार्य, पुर्व कर्मचारी र अमर सशस्त्र प्रहरी परिवारलाई सम्मान गरिएको गुल्मपति डिएसपी सुदिप रेग्मीले बताए । ‘दिवसकै सन्दर्भ पारेर बिभिन्न खेलकुद प्रतियोगिताहरु पनि गरेका थियौ,’ उनले भने, ‘कार्यक्रमकै अवसर पारेर बिजेताहरुलाई पनि पुरस्कार वितरण ग¥यौ ।’

सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति डिआइजी प्रविण कडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, शहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापा, गोनपा उपमेयर मसली माया थोकर, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधी, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधी, वडाध्यक्ष, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै गुल्मपति रेग्मीले सहभागीहरुलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्