| बुधबार, कार्तिक १८, २०८३

माछाखोलाका बाढी पीडितलाई राहत वितरण

गत असोज २५ गते आएको बूढीगण्डकी बाढीबाट पीडित भएका घर परिवारलाई गुम्बाले राहत वितरण गरेको छ । नेपाल वौद्ध धार्चे ५ माछाखोलामा पुगी बाढी पीडित २८ घर परिवारलाई राहत सामग्री वितरण गरेको समन्वयकारी भूमिका खेलेका पेमा ग्याल्पो लामाले जानकारी दिए ।

महायान केन्द्रले माछाखोलाका २८ घर परिवारलाई ग्याँस सिलिण्डर, ग्याँस चुल्हो हस्तान्तरण गरेको छ । साथै घरबास बगाएर पूर्ण रुपमा क्षति व्यहोरेका सात घरधुरीलाई आवास पुनर्निर्माणका लागि जस्तापाता प्रदान गरिएको पेमा ग्याल्पो लामाले जानकारी दिए ।

पीडितहरुलाई गाउँपालिकाकी उपप्रमुख सुनिला गुरुङमार्फत राहत सामग्री हस्तान्तरण गरिएको लामाले जानकारी दिए ।
त्यस्तै सोही दिनको बूढीगण्डकी बाढीबाट पीडित आरुघाट गाउँपालिका ५ शान्ति बजारका ६५ घरधुरीलाई पनि राहत सामग्री वितरण गरिएको छ । कोशिष नेपाल नामक एक सामाजिक संस्थाले वडा नं. ५ र वडा नं. १० का वडाअध्यक्षहरु मार्फत किचन तथा सरसफाइका सामग्री प्रदान गरेको हो ।

घरबास सबै बगाएपछि शान्ति बजारका बासिन्दा अहिले नेपाल रेडक्रसको सहयोगमा निर्मित टेण्टमा बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्