| आइतवार, कार्तिक २९, २०८३

राजा दशरथको अभिनय गर्दागर्दै निधन

दरौंदी समाचारदाता ः त्रेतायुगका राजा दशरथको अभिनय गर्दागर्दै एक कलाकारको मृत्यू भएको छ । मंगलबार साँझ सदरमुकामको नयाँबजारमा आयोजित बालनमा बनबास गएका छोरा रामचन्द्र, लक्ष्मण र बुहारी सीताको शोकसुर्ता गर्दागर्दै मृत्यू भएको दशरथको अभिनय गर्दागर्दै कलाकार मोहन बस्न्यातको मृत्यू भएको हो । बस्न्यातले मान्द्रेढुंगा बालन समूहका सदस्यको रुपमा मंगलबार राती देउसी कार्यक्रममा बालनमा अभिनय गरेका बिनोद बस्न्यातले जानकारी दिए ।
गोरखा नगरपालिका १० छेपेटार निबासी ५४ बर्षका बस्न्यात गोरखा नगरपालिका ७ नयाँ बजारमा सञ्चालन भएको बालनमा अभिनय गर्दागर्दै ढलेका थिए । ‘तत्काल बोकेर गोरखा अस्पताल पु¥याउँदा डाक्टरले मृत्यू भइसकेको घोषणा गरेका थिए’ बस्न्यातले भने, ‘डाक्टरले हृदयघातका कारण मृत्यू भएको भनेका छन् ।’ मृतक बस्न्यातको मंगलबार राती नै परम्परा अनुसार अन्त्यष्टि गरिसकिएको उनले बताए ।
बस्नेत नेपाली सेनाका पूर्व उपसेनानी हुन् ।

प्रतिक्रिया दिनुहोस्