| सोमवार, अशोज २५, २०८३

घटस्थापना गर्दै गोरखा दरवारमा राखियो जमरा

वडा दशैको पहिलो दिन आइतवार गोरखा दरवारमा घटस्थापना गरिएको छ । विहान ११ः४७ बजेको साइतमा कालिका मन्दिरमा वडाइका साथ घट्ट स्थापना गर्दै जमरा राखिएको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ ।

कालिका मन्दिरको जमरा कोठामा एक पाथी र गोरखनाथ मन्दिरमा एक पाथी जौ को बिज राखिएको कार्यालयका कर्मचारी हरि सारुले बताए । जमरा राख्नुअघि भगवतीलाइ कालिका मन्दिरको गर्भ गृहमा सारिएको उनले जानकारी दिए । आइतवारबाट दरवारमा नियमित वली शुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्