| सोमवार, अशोज १८, २०८३

यही असोज २९ गते ‘१२ औँ लिगलिग दौड प्रतियोगिता’ हुने

विगत केही वर्षयता स्थगित बनेको ऐतिहासिक लिगलिग दौड प्रतियोगिता यो वर्ष भने संचालन हुने भएको छ । यही असोज २९ गते लिगलिग दौड प्रतियोगिताको १२ औँ संस्करण संचालन गर्ने पालुङटार नगरपालिकाले जनाएको छ ।

प्रतियोगिताको तयारी, व्यवस्थापन तथा समन्वयलाई प्रभावकारी बनाउन ७ सदस्यीय समिति समेत गठन गरेको पालिकाको भनाइ छ । दौड चेपे र मस्र्याङ्दीको दोभान (चेपेघाट)देखि लिगलिगकोट दरबारसम्म १३.८ किलोमिटर दुरीमा उक्त दौड प्रतियोगिता संचालन हुनेछ । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमश रु एकलाख १२ हजार, ८७ हजार, ६२ हजार र ४२ हजार नगद पुरस्कार प्राप्त गर्ने उल्लेख छ ।

प्रतियोगिताको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन सहित पालुङटार र सिङ्गो गोरखा जिल्लालाई नै साहासिक खेलकुद तथा ऐतिहासिक पदमार्गको रुपमा विकास गर्नु रहेको पालुङटार नगरपालिकाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्