| सोमवार, अशोज ११, २०८३

हिमलुङ हिमपहिरोमा गोरखाका दुई बेपत्ता

मनाङको नारफूस्थित हिमलुङ हिमपहिरोमा परी गोरखाका दुईजना वेपत्ता भएका छन् । पर्वतारोहीको सहयोगीका रुपमा हिमलुङ आधारशिविर पुगेका धार्चे गाउँपालिका २ केरौंजाका दुईजना हिमपहिरोमा परी वेपत्ता भएका गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

केरौँजाका ३२ बर्षका वीरेन्द्र गुरुङ र ४५ बर्षका आशबहादुर गुरुङ हिमलुङ आधार शिविरबाट सम्पर्कविहिन भएका उनीहरुका आफन्त अर्जुन गुरुङले जानकारी दिए । गुरुङका अनुसार आशबहादुर गुरुङ इम्याजिन नेपाल एक्पिडिशन कम्पनीमा गाइड तथा कुकको काम गर्दथे ।

वीरेन्द्र भने हिमालयन होलिडेज कम्पनीमा आरोहीका सहयोगीका रुपमा काम गर्दथे । उनीहरुको यथासीघ्र खोजी कार्य गरिदिन परिवारको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्