| सोमवार, भदौ ७, २०८३

बारी जोत्ने ट्रयाक्टरले चेपेर चालकको मृत्यू

सिरानचोक गाउँपालिकामा मास छर्नका लागि बारी जोत्ने ट्रयाक्टरले चेपेर चालकको मृत्यू भएको छ । सिरानचोक गाउँपालिका ४ माझगाउँवेशीमा ग १ त ७५४८ नंबरको ट्रयाक्टरले चेपेर आइतबार बिहान चितवनका ४५ वर्षका मोहनबहादुर बोहरा घाइते भएका थिए ।

उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । स्थानीय हरि पोखरेलको बारी जोतेर निस्कँदा आफैँले चलाएको ट्याक्टरले चेपेर उनी गम्भिर घाइते भएका थिए ।

प्रदेश अस्पताल गोरखामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि नेशनल सिटी अस्पताल चितवन रिफर गरिएको थियो । उपचारका क्रममा आइतबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्