| सोमवार, भदौ ७, २०८३

पौडी खेल्ने क्रममा डुबेर मृ्त्यू

गोरखामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यू भएको छ । सहिदलखन गाउँपालिका वडा नं. ३ सिलिङस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा डुबेका इच्छाकामना गाउँपालिका ४ गैरीगाउँ चितवनका गगन बिकको मृत्यू भएको प्रहरीले जनाएको छ ।

शनिबार अपरान्ह २ः४५ बजे खोलामा डुबिरहेको अबस्थामा स्थानीयहरुले फेला पारेपछि उद्धार गरी प्रहरीलाई खबर गरेका थिए । बिकलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा ल्याइपु¥याउँदा साँझ छ बजे बिकको मृत्यू भइसकेको गोरखा अस्पतालले पुष्टि गरेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्